काठमाडौं । नेपाली बजारमा लगातार चार दिनदेखि घटिरहेको सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मङ्गलबार सुन तोलामा २ सय, सोमबार ६ सय, आइतबार ९ सय र गत शुक्रबार १ हजार रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



