काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । गएको आइतबार र सोमबार बढेको सुनको मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ६ सय बढेर आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौसय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७५ रुपैयाँ थियो ।
