काठमाडौं । अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । विमानमा ६ जना सवार रहेकोमा सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार सो विमान भवनमा ठोक्किएपछि विस्फोट भएको थियो । बिस्फोट पछि जमिनमा रहेका केही मानिस घाइते भएका छन् । वरपर रहेको घर र गाडीमा आगोलागी भएको छ ।
उक्त विमानमा चालकदलका चार सदस्यसहित एक नाबालक बिरामी र उनकी आमा रहेका थिए । विमान उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट प्रस्थान गरेपछि सो दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।
जहाजमा सवार सबै ६ जना मेक्सिकोका नागरिक भएको बताइएको छ । विमान मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमान स्थल जाँदै थियो । गत बुधबार मात्र अमेरिको वासिङटन डिसीस्थित रोनाल्ड रेगन नेशनल विमानस्थल नजिक यात्रुवाहक विमान र सैन्य हेलिकप्टर आपसमा ठोक्किंदा ६७ जनाको मृत्यु भएको थियो ।
