राज सरार्फ, वीरगञ्ज । श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ श्री शिवशक्ति कोटी होम महायज्ञ तयारी बारे पत्रकार सम्मेलनको आयोजना भएको हो ।
वीरगञ्ज बसपार्क भन्दा पुर्ब नेशनल मेडिकलको दक्षिण तिर करीब २ सय मिटर अगाडि बिश्रामपुर वडा नम्बर ५ स्थित ईटियाहीमा श्री शिवशक्ति कोटी होम महायज्ञ तयारी बारे पत्रकार सम्मेलन गरिएको हो । समेलनमा पालिकाका प्रमुख जुल्फकार अलि भुट्टो (जुबेर भाइ) को अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त पत्रकार सम्मेलनमा महायज्ञ मुल समितिका ,उपाध्यक्ष डोमाई साह ।राजा बाबू गुप्ता ,कोषाध्यक्ष भोला साह सोनार एवम् प्रचार प्रसार समितिका संयोजक राज सर्राफ लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियो ।
श्री शिवशक्ति कोटी होम महायज्ञमा सुरक्षा लाई मध्य नजर गर्दै ९ ओटा सिसि टिभी र २ सय भन्दा बढी स्वयम सेवकहरु परिचालन गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियोे ।
श्री शिवशक्ति कोटी होम महायज्ञ बारे मेलाको विवरण स(सचिव दिपेन्द्र सरार्फले प्रस्तुत गरेका थिए । सरार्फको भनाई अनुसार मधेश प्रदेशमै कै ठुलो महायज्ञ हुने भएकोले यस्को अनुमानित लागत १ करोड लागने भएकोले यस पुनित कार्यमा हामी सबैजना मिलेर कार्य गर्नु पर्ने साथै चन्दा मै आधारित भएकोले सबै मा सहयोग को लागी अपिल पनि गरेका हुन । श्री श्री १००८ श्री महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटी होम महायज्ञमा जनप्रतिनिधीहरु,आम जन मानिसहरु द्वारा सहकार्य गरि अघि बढे भने मात्र यो महायज्ञ सफल हुने सरार्फ ले बताए ।
मेला मनोरञ्जन समितिका अध्यक्ष सुमित यादवले मेलाको बारेमा विभिन्न किसिमका मनोरञ्जन बारे जानकारी गराएका थिए । यो महायज्ञमा सानो ठुलो गरि १ हजार ११ मुर्तिहरु बनाईएको छ । भने यो महायज्ञ आउदो माघ २३ गते बुधबार देखि बिधिवत रुपले शुभारंभ हुने छ । यो महायज्ञ मेला १ महिना चल्ने छ भने पुजापाठ २२ दिनका हुने छ ।
महायज्ञमा बच्चाहरुकोलाई विभिन्न मनोरञ्जनका जस्तै टावर झुला, मौतकुवा, सर्कस, नाव झुला, डैनसिग झुला इत्यादि मनोरञ्जन का ब्यवस्थापन गरिएको छ भने बृन्दावन बाट आई यहाँ महायज्ञ स्थलमा राम लिला ,रास लिला आदि कार्यक्रमहरु पनि गराईने यादवले जानकारी दिए ।
महायज्ञमा धेरै भन्दा धेरै भक्तजनहरु सहभागी भई सहयोग गरौं र पुन्य को भागी बनौं भनेर आ(आफ्नो तर्फ बाट सक्दो सहयोग गर्न आग्रह समेत गरेका थिए । उक्त कार्यक्रममा गाउँका बुद्धिजीवी,नागरिक समाज,अगुवा कार्यकर्ता एवम् पदाधिकारीहरु तथा बारा पर्सा का सन्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त सम्मेलन पछी त्यहा उपस्थित सबै सन्चारकर्मीहरु लाई गमछा ओढाई सम्मान गरिएको थियोे । सबै आजको उक्त कार्यक्रम सन्चालन महायज्ञका प्रचार प्रसार समितिका संयोजक राज सर्राफले गरेका थिए।



