काठमाडौं । स्रोत नखुलेको ३९ लाख रुपैयाँ सहित प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार काठमाडौंमहानगर पालिका-२४, इन्द्रचोकबाट एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । इन्टिलिजेन्स शाखाबाट खटिएको ३९ लाख ७५ हजार रुपैयाँ सहित ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो ।
काठमाडौंको टोखामा बस्दै आएका श्रेष्ठ चितवनको भरतपुर महानगरपालिका-१५ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनले बोकेको नगद रुपैयाँ स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जिम्मेवारी दिइएको छ । परिसरले अनुसन्धान अघि बढाएको जनाएको छ ।
