काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक वीरगञ्जमा सुरु भएको छ । शनिबार पर्सामा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक सुरू भएको पार्टीका उप–महासचिव एवम् संघीय खाने पानीमन्त्री प्रदीप यादवले जानकारी दिएका छन् ।
बैठकमा समसामयिक राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष छलफल हुने उपमहासचिव यादवले जानकारी दिए ।
बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष नवल किशोर साह सुडी, उपमहासचिव प्रदीप यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झाको सहभागी छन् । बैठक शनिबार (आज) र भोली गरी दुई दिन सम्म सञ्चालन हुने बताइएको छ ।
