कञ्चनपुर । आफैंलाई गोली प्रहार गरेका सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ । २८ वर्षीय विष्टले गत माघ ९ गते राति ड्युटीमा रहेका बेला आफैंलाई गोली हानेका थिए ।
गोली लागेर टाउकोमा गम्भीर चोट लागेका विष्टलाई तत्काल कैलालीस्थित निसर्ग अस्पतालमा उपचारका लागि लगिएको थियो ।उपचारकै क्रममा विष्टको मृत्यु भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । प्रहरी जवानहरूले के कारण आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता नायब उपरीक्षक उमेशराज जोशीले बताएका छन् ।
