जनकपुर । मौसम परिर्वतन भए संगै केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । पर्सा, बारा, रौतहट, जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढेको हो । बाक्लो हुस्सुले गर्दा जनजिवन प्रभावित भए सगै यातायात पनि प्रभावित भएको छ र दुर्घटनाको पनि सम्भावना बढेको छ ।
निरन्तरको चिसोका कारण श्वासप्रश्वासका बिरामी दिन्हु ८० देखि १०० जना बढेको र सँगै उच्च रगतचाप तथा मुटटु सम्बन्धी बिरामी करिब ३० देखि ४० प्रतिशतले बढेको वीरगञ्ज नारायणी अस्पतालका सुचना अधिकारी डा.उदय नारायण सिुंहले बताए । ।
तराईमा रहेका स्वास्थ्य संस्थाहरुमा चिसोबाट प्रभावित भइ उपचारका लागि आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका धेरै छन् । चिसो बढेपछि वीरगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा आज बुधबारदेखि माघ ११ गते पर्सि शुक्रवारसम्म जाडो बिदा दिइएको हो ।
