काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १९ सयले बढेर तोलामा एक लाख ६० हजारमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलामा एक लाख ५८ हजार एक सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य बढेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
