काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको हो ।
जनकपुरका ओपनर अनिल साहले सर्वाधिक ४५ रन बनाए । यसक्रममा उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरे । अनिलले पहिलो विकेटका निम्ति अर्का ओपनर आसिफ सेखसँग ५.३ ओभरमा ४८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । आसिफले १० बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए ।
८–१ बाट अनिलले तेस्रो विकेटका निम्ति लहिरु मिलान्थासँग ४७ रनको साझेदारी गर्दै जनकपुरलाई ९५ रनको स्कोरसम्म पुर्याएका थिए । मिलान्थाले २३ बलमा दुई चौकासहित २४ रन थपे ।
अविजित रहेका सुभ कंशाकारले २४ बलमा दुई छक्कासहित २२ रन बनाए । यसबाहेक, जनकपुरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । उत्कृष्ट सुरुआतका बाबजुद मध्यक्रमका ब्याटर सस्तैमा आउट हुँदा जनकपुर विशाल योगफलसम्म पुग्न सकेन ।
जनकपुरले ११.२ ओभरसम्म ९५ रन बनाउँदा एक विकेटमात्र गुमाएको थियो । तर, सोही ओभरको तेस्रो बलमा कप्तान अनिल साहलाई गुमाएपछि भने जनकपुरले लगातार अरु तीन विकेट गुमायो ।
प्रतियोगितामा लुम्बिनी आज पहिलो जितको खोजीमा छ । लुम्बिनीले यसअघि भएको आफ्नो तीन खेलमा हार बेहोरिसकेको छ । यता, जनकपुर भने आज चौथो जितको खोजीमा छ । जनकपुरले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।
अ
