चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भए का छन् । नारायणगढबाट मुग्लिङतर्फ गुडिरहेको बाग्मती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक हिजो बेलुका इच्छाकामना गाउँपालिका–६ नौकिलोमा सडक किनारमा पल्टिएको हो ।
चामल बोकेको ट्रक पल्टिँदा च्यापिएर दुई जनाको मृत्यु भएको र तीन जनाको उद्धार गरेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।
