काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ११ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला बढेर १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, सोमबार पनि छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको थियो ।
