काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी ध्रुवीकरण गर्न नयाँ गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले नेपालको राजनीतिलाई कोर्स करेक्सन गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजान नयाँ गठबन्धन आवश्यक रहेको निष्कर्ष निकालेको माओवादी सचिव सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । वामपन्थी एकता जनताको चाहना रहेकाले
बामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको उहाले बताउनुभयो । उहाले मन्त्रिमण्डल हेरफेर गर्न कांग्रेसले असहयोग गरेको जिकिर गर्नुभयो । कांग्रेसका कारण सरकार सञ्चालन गर्न प्रधानमन्त्रीलाई अप्ठेरो परेकाले नै नयाँ गठबन्धन बनाउनुपरेको उहाको भनाइ छ । सचिव पौडेलले प्रदेशको नेतृत्व आलोपालोका आधारमा सञ्चालन गरिने बताउनुभयो ।
उहाले राष्ट्रियसभाको अध्यक्षको बिषयमा पनि नयाँ ढंगले छलफल हुने बताउनुभयो । उहाले पुरानो गठबन्धनको बिषयमा पनि बैठकमा गम्भीर छलफल भएको बताउनुभयो । पौडेलले नेकपा (एमाले) सहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहने उल्लेख गर्नुभयो ।
