बारा । बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जंगल छेउमा वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । स्थानीय कोल्हबी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जंगली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन । इन्सपेक्टर बस्नेतका अनुसार हात्तीको सुढमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ ।



