काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताउनुभएको छ ।
प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गोर्खा मिडियाका साझेदार भएको ले त्यसले गरेको सहकारी ठगीको घटनाबाट लामिछाने उम्किन नमिल्ने बताउनुभयो । गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्वीकार गर्नु नै भ्रष्टाचार भएको उहाँको दाबी छ ।
लगानीबिना शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना नै नगरेको उहाँले दाबी गर्नुभयो । बिना लगानी साझेदारी प्राप्त गर्ने कुरा अनैतिक कुरा भएको उहाँले बताउनुभयो । सहकारीको सदस्य नभएको गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा हालेर लामिछानेले अनुचित काम गरेको उहाँले दाबी गर्नुभयो ।
त्यस्तै उहाले माओवादी केन्द्र र पार्टी अध्यक्ष प्रचण्डले संसदमा असंसदीय र अमर्यादित गविबिधी देखाएको आरोप लगाउनु भयो । नयाँ सरकार गठनको सय दिन पुरा नहुँदै सरकारको संसदमा विभिन्न बाहानावाजी गर्दै आलोचना गर्ने, संसद अवरुद्ध गर्ने काम असंसदीय र अमर्यादीत भएको महासचिब पोख्रेलले बताउनु भयो ।
दुइ ठुला पार्टी काग्रेस र एमालेका विचमा अन्तरविरोध पैदा गर्दै सत्तामा रहीरहने माओवादी सोच मुलुकमा अस्थीरताको मुल कारण भएको भन्दै अब मुलुकले त्यसबाट छुटकारा पाएको बताउनुभयो ।
पोखरेलले आगामी निर्वाचनमा एक्ला एक्लै चुनावी प्रतिष्प्रधामा जाने निर्णयले माओवादीमा त्रास सृजना भएको भन्दै जनताको मन जितेर संसदमा र सरकारमा आउन माओवादी केन्द्रलाई सुझाव दिनुभयो ।



