काठमाडौं । साताको चौथो दिन बुधबार अर्थात आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलाको तीन सय रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार चार सय रुपैयाँ कायम भएको छ । चाँदी भने तोलाको एक हजार ८९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
मंगलबार सुन तोलाको एक लाख ५६ हजार सात सय रुपैयाँ र चाँदी तोलाको एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
