काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने बताउनुभएको छ । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै खड्काले गठबन्धनमा कुनै समस्या नरहेको भन्दै गठबन्धन पाँच वर्ष चल्ने बताउनुभएको हो । उहाले गठबन्धनमा बिचमा नै तोडिने होकी भन्ने आशंका नगर्न आग्रह गर्नुभयो ।
निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको भन्दै यसमा सवै दलहरु गम्भीर रहेको उहाको भनाइ छ । खड्काले वर्तमान गठबन्धनले सत्ता भन्दा पनि संविधानको रक्षा र मुलुकको समृद्धिका लागि केन्द्रीत रहेको बताउनुभयो ।
उहाले भौतिक दृष्टिकोणका कारण कर्णाली प्रदेश पछि परेको भनिएपनि प्राकृतिक स्रोतका हिसावले मुलुककै गौरवयुक्त प्रदेश रहेको बताउनुभयो ।
