काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले उपसभामुखलाई महाअभियोग लगाउने काम नगर्न खवरदारी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले सहमतिमा आधारमा निर्वाचित गरिएको उपसभामुखलाई हटाउने कुरा निकै दुःखदायी रहेको र यसले लोकतन्त्र अघि बढ्न नसक्ने भन्दै महाअभियोगतर्फ अघि नवढ्न खवरदारी गर्नुभएको हो ।
प्रश्न उठेर राजीनामा दिने हो भने मन्त्रीहरुका बारेमा प्रश्न उठेको उहाले बताउनुभयो । पौडेलले सामाजिक सेवाका कामबाट अघि बढेको व्यक्तिहरुलाई शक्तिको प्रयोगबाट चारैतर्फबाट घेर्ने काम उचित नभएको धारणा राख्नुभयो ।
उहाले संविधान संशोधन गर्न आफुहरु पनि तयार रहेपनि प्रधानमन्त्री फेर्ने तुरुपको रुपमा संविधान संशोधन हुन नसक्ने स्पष्ट पार्नुभयो । संविधान संशोधनमार्फत दुई दलले मात्रै राज्य चलाउने कसैको सपना हो भने सम्भव नरहेको उहाले बताउनुभयो । पौडेलले समाजलाई अस्थीरतातर्फ लैजाने भन्दा पनि बिकास निर्माणका काममा केन्द्रीत हुन सुझाव दिनुभयो ।
