काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने स्पष्ट पारेको छ । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई महाअभियोग लगाउने खवर सुनेको भन्दै त्यस्तो कदम चालिए मान्य नहुने बताउनुभयो ।
उहाले उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न चेतावनी समेत दिनुभयो । संख्या र सत्ताशक्तिका नाममा राज्य चलाउने बुझाइ हो भने सार्वभौम जनताको अगाडी कुनै सत्ता नटिक्ने उहाले बताउनुभयो ।
तत्कालका सहजताका लोकतन्त्र बिपरितको काम गरे आगामी दिनमा आफुले खनेको खाल्डोमा आफै पार्न सक्ने तर्फ उहाले सजक गराउनुभयो । यसअघि सोमबार बसेको सत्तागठबन्धनको बैठकमा उपसभामुखलाई महाअभियोग लगाएर पदबाट हटाउने बिषयमा छलफल भएको बताइएको छ ।
