काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वले भ्रष्टाचार नियन्त्रणमा अग्रसरता देखाएर भ्रष्टाचार न्यूनिकरण गर्न सकिने बताउनुभएको छ ।
सोमबार विराटनगरमा आयोजना गरिएको भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघिय महासन्धीको व्यवस्था कार्यान्वयन सम्बन्धि दोश्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ विषयक अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्र्कीले तीनै तहका सरकारले सामुहिक रुपमा भ्रष्टाचार नियन्त्रणका लागि रणनीति र कार्ययोजना बनाउनु पर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता भनेर प्रतिबद्धता व्यक्त गरेर मात्र नपुग्ने धारणा राख्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको सो अन्तक्रिर्या कार्यक्रममा सहसचिव राजेन्द्र थापाले भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।



