काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवी)ले आफ्ना आंगिक क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदका लागि आवेदन खुला गररेको छ । त्रिवीको क्याम्पस प्रमुख छनोट समितिले सोमबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।
जसमा रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, बुटवल बहुमुखी क्याम्पस बुटवल, पृथ्वीनारायण क्याम्पस पोखरा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो ।
यस्तै, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो ।
योग्य उम्मेदवारले CCScommittee@tu.edu.np इमेल ठेगानामा सात दिनभित्र आवेदन पठाउन सक्ने सूचनामा उल्लेख छ ।




