चितवन । चितवनमा डेङ्गी सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा अस्ति शनिवार राति ज्यान गएको हो ।
जनस्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत विमल पटेलका अनुसार ती बिरामी ज्वरो आएर शुक्रवार मेडिकल कलेजमा भर्ना भएका थिए । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।
तीन हजार ४४ जनाको परीक्षणका क्रममा सात सय जनाभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । देशभर अहिलेसम्म ६ हजारभन्दा धेरैमा डेङ्गीको सङक्रमण पुष्टि भइसकेको छ ।



