राजन कुमार बानिया, पर्सा । पर्साको बिन्दबासनी गाउँपालिकाबाट आज बिहान ईलाका प्रहरी कार्यालय पोखरियाले लाखौं मुल्य बराबरकोे कपडा बरामद गरेको छ ।
भारतको भेलाही बजारबाट अबैध रुपमा भन्सार छली गरि नेपाल भित्राएको अवस्थामा पोखरिया प्रहरीले करिब दुई लाख बराबरको अबैध कपडा बरामद गरेको छ ।
बरामद गरिएको कपडामा साडि १ सय ६३ पिस, कुर्था सुट १७ पिस, थानको कपडा २ थान गरि १ लाख ९६ हजार ५०० सय बराबरको कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक राजन ढकालले जनाएका छन । बरामद गरिएको कपडा ईलाका प्रहरी कार्यालय पोखरियाले वीरगञ्ज भन्सार बुझाएको प्रहरीले जनाएका छन ।
