काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताउनुभएको छ । परोपकार प्रसुति तथा महिला स्वास्थ्य अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमम मन्त्री पौडेलले नागरिकले सहज र सुलभ तवरले सेवा लिनसक्ने गरि स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताउनुभएको हो ।
स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको सेवा सुविधालाई समयानुकुल बढाउनका लागि अध्ययन भइरहेको उहाले बताउनुभयो । मन्त्री पौडेलले सुरक्षाको अनुभूतिहुने गरि स्वास्थ्कर्मीलाई सेवा प्रवाहको वातावरण बनाइने समेत धारणा राख्नुभयो ।
प्रसुति तथा महिला स्वास्थ्य अस्पतालको सेवा तुलनात्मक रुपमा व्यवस्थित रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको प्रभावकारीता थप बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।



