काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा सुशासन, दिगो शान्ति, विकास र सम्वृद्धि प्राप्ते गर्ने उदेश्यका साथ अगाडि बढेको बताउनुभएको छ ।
बिहिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गृहमन्त्री लेखकले वर्तमान सरकार मुलुकमा सुशासन, दिगो शान्ति, विकास र सम्वृद्धि प्राप्ते गर्ने उदेश्यका साथ अगाडि बढेको भन्दै सोही अनुसार सरकारले काम पनि गरिरहेको बताउनुभएको हो । उ
हाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई कार्यान्वयन गर्ने र थप सुदृढ बनाउन नयाँ सत्ता समीकरणले कदम चालेको बताउनुभयो । गृहमन्त्री लेखकले प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने हिसाबले वर्तमान सरकार अगाडि बढेको बताउनुभयो ।
उहाँले संघको प्रहरीका कानुन संशोधन गर्ने गरेर नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने र परिमार्जन गरेर नयाँ कानुन बनाउने बताउनुभयो । धनुषा र सिराहा जिल्लाका विभिन्न स्थानहरुमा भ्रमणमा लागि गृहमन्त्री जनकपुरधाम जानुभएको हो ।



