वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिदैछन् । सरकार गठनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री सिंहले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
मधेस प्रदेशसभामा चौँथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।
प्रदेश सभाको बैठक आज विहान ११ बजे बस्दै छ । जनमत कै सरकारलाई निरन्तर्ता दिन र आफ्नो समर्थनमा ८ दलले सघाउने दावी मुख्यमन्त्री सिंहको दावी छ ।
