काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्र्टीले पार्र्टीका महामन्त्री मुलुक ढकाललाई निलम्वन गरेको छ । बुधबार मध्यराती सम्पन्न रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई सात दिनका लागि निलम्बन गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
महामन्त्रीका अनुशासनहिन क्रियाकलापका सम्बन्धमा प्रतिवेदनसहित थप कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । उनीमाथि ७ दिन छानबिन गरिने र दोषी देखिएमा थप कारबाही हुने अन्यथा महामन्त्रीमा फर्किने सहप्रवक्ता झाले बताउनुभयो ।
बैठकले सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यबहाक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई कार्यबहाक प्रवक्ता ताकेको उहाले जानकारी दिनुभयो । त्यसअघि बैठक सम्पन्न हुनुअघि नै निस्कनुभएका महामन्त्री डा मुकुल ढकालले बैठकमा आफूमाथि ह्यारासमेन्ट भएको बताउनुभयो ।
पार्टी सभापतिले सरकारमा गएपछि पार्टीको इमेज र क्रेज डाउन भएको स्वीकार गरेर अगाडि बढ्न स्वीकार नगरेको र मन्त्रीहरुले आफ्नो अक्षमताको भारी महामन्त्रीको रुपमा आफुलाई बोकाउन खोजेको उहाले बताउनुभयो । त्यस्तै पार्टीका उपसभापति डा स्वर्णीम वाग्ले लगाएतले पनि महामन्त्री मुलुक ढकाल बैठकमा अस्वभाविक रुपमा प्रस्तुत भएको आरोप लगाएका थिए ।
