काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । अघिल्लो दिन दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
