काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा सोमबार विनियोजन बजेटबारे मन्त्रालयगत रुपमा भएको छलफलमा जवाफ दिँदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रको मुख्य चुनौतीका रुपमा पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन देखिएको भन्दै यसका लागि पर्याप्त बजेट आवश्यक रहेको बताउनुभएको हो ।
उहाले आफ्नो बहालीसंगै स्वास्थ सामाग्री लगाएतका पूर्वधारमा ध्यान दिएको र भएका सामाग्रीलाई सञ्चालनमा ल्याएको जिकिर गर्नुभयो । सुर्तीजन्य पदार्थबाट करिक ६ अर्ब उठाएर ४० करोडमात्रै दिएको भन्दै उहाले ऐनमा व्यवस्था भएबमोजिम बजेट अर्थमन्त्रालयले दिएमा धेरै समस्या समाधान हुने बताउनुभयो ।
उहाले अस्पतालको सेवा प्रभावकारी बनाउने, सरकारी अस्पतालमा शल्यक्रियाका लागि लामो समय कुनुपर्ने बाध्यतालाई अन्त्य गर्ने, सेवा विस्तार गर्ने लगाएतका काममा ध्यान केन्द्रीत गरेको धारणा राख्नुभयो ।
