काठमाडौं । प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले बजेटमा बिभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको आकस्मीक समयमा सिंहले प्रधानमन्त्री, अर्थमन्त्री, लगाएतका क्षेत्रमा अरवौं बजेट बिनियोजन गरिएको र अन्य जिल्लालाई बेवास्ता गरेर बजेटमा बिभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो ।
प्रधानमन्त्री सदनप्रति उत्तरदायी भएकाले बजेटका बिषयमा मन्त्रीले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उहाको भनाइ छ । उहाले मन्त्री र प्रधानमन्त्रीको जिल्लामा मात्र बजेट लैजाने हो भने अर्को वर्षदेखि सदनमा बजेट सार्वजनिक गर्नुको कुनै औचित्य नभएको जिकिर गर्नुभयो । उहाले प्रधानमन्त्रीको जवाफका लागि रुलिङ नभए बजेट पारित गर्ने दिन बैठक बहिष्कार गर्ने चेतावनी दिनुभयो ।



