काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको अधिवेशन उद्घाटन गर्दै कोइरालाले डेड बर्षमा केन्द्र र प्रदेश गरि ८ वटा सरकार २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरुले अन्त्यन्तै गम्भीर ढंगले समिक्षा गर्नुपर्नै समेत बताउनुभयो ।
राजनीतिक वा सरकारको स्थीतरता विना मुलुकमा आर्थिक बिकास हुन नसक्ने भन्दै स्थीरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने उहाले बताउनुभयो । कोइरालाले कांग्रेस अहिले बिपक्षमा रहेकाले सरकारमा जान हुनै हतारो नरहेको स्पष्ट पार्नुभयो ।
बिभिन्न प्रकरणमा अख्तियारले, निर्वाचन आयोगले, सीआईबीले दुख दिइरहेको भन्दै यस बिषयमा राजनीतिक दलहरुबीच छलफल हुन जरुरी रहेको उहाको भनाइ छ । उहाले सुशासन, पारदर्शी र भ्रष्टाचारका कुराको छिनोफानो गरेर अघि जान नसके देश पनि अघि जान नसक्ने धारणा राख्नुभयो ।
