काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल एक तोला सुनको मूल्य १ लाख ४५ हजार कायम हो । बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि बढेको छ । चाँदी ५० रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
