वीरगञ्ज । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जना भारतीय नागरीकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको रक्सौल कुम्हरियाटोल बस्ने २९ वर्षिय बबलुराज रौनियारलाई पक्राउ गरिएको हो । वीरगञ्ज बसर्पाकबाट प्रतिमा चोक तर्फ जादै रहेको अवस्थामा रौनियारलाई पक्राउ गरेको थियो ।
संकाष्पद अवस्थामा हिडि रहेका रौनियारको झोलाबाट ५ लाख ९० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका रौनियारलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन २०७३ बिरुद्ध कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक भारतीले बताउनु भयो ।



