काठमाडौं । नेकपा माओवादी केन्द्रका सासंद लेखनाथ दाहालले भ्रष्टाचारबिरोधी अभियानमा सुस्तता देखिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद दाहालले डेड बर्ष अघि सरकारले गरेको सुशासन र भ्रष्टाचारबिरोधी अभियानले जनतामा आशा जगाएपनि अहिले सुस्तता देखिदा पुन जनतामा निराशा छाउन थालेको बताउनुभएको हो ।
मुलुकलाई सुशासन, समृद्धि र सामाजिक न्यायको लक्ष्यका कुनै कमी आउन दिन नहुने उहाको भनाइ छ । उहाले कुनै विवादीत बिषय आउने बितिकै महिनौ संसद अवरुद्ध हुने देखिएको भन्दै अराजनीतिक र असंसदीय क्रियाकलापलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले संविधानमा समस्या नरहेपनि संविधान कार्यान्वयनमा समस्या देखिएको भन्दै समाधानको उपाय खोजिनुपर्ने बताउनुभयो । अहिले संविधान संशोधनको बिषयमा अनावश्यक रहेको उहाको भनाइ छ ।
