काठमाडौं । प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।
गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार डीएसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
सिफारिसको पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री रहेका छन् । यसअघिको बढुवा सिफारिसमा वरीयतामा अगाडी रहे पनि उनी छुटेका थिए । बढुवा सिफारिसमा पर्ने अन्यमा नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।

