काठामाडौं । दशैँपछि पहिलो कारोबार दिन आज सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ तोलामा २३० रुपैयाँले घटेको छ ।
गएको सोमबार तोलाको ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
