कार्तिक,१ वीरगञ्ज । वीरगञ्जमा महाअष्टमीको पावन अवसरमा दुई युवा शशि पटेल र उनका साथी सन्देशले एक हजारभन्दा बढी भक्तजनलाई चना र भुजा प्रसाद वितरण गरेका छन्।
धार्मिक आस्थासँगै सामाजिक सेवा, सहयोग र मानवताको भावना अभिवृद्धि गर्ने उद्देश्यले उहाँहरूले भक्तजनलाई प्रसाद वितरण गरेका हुन्।

महाअष्टमीको अवसरमा गरिएको यस सेवामूलक कार्यले भक्तजनहरूमा खुसी बाँड्नुका साथै समाजमा आपसी सद्भाव र सहयोगको सन्देश प्रवाह गरेको छ।

शशि पटेल र उनका साथी सन्देशले धर्म भनेको पूजा–आराधना मात्र नभई सेवा, सहयोग र मानवताको भावना पनि भएको बताएका छन्। धार्मिक आस्थालाई सामाजिक सेवासँग जोड्दै उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा धार्मिक कार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरेका छन्।
माता दुर्गाको कृपाले आगामी दिनमा पनि समाजसेवामा लाग्ने प्रेरणा मिलिरहोस् भन्ने कामना गर्दै उनीहरूले महाअष्टमीको अवसरमा भक्तजनलाई प्रसाद वितरण गर्न पाउनु आफ्नो लागि खुसीको विषय भएको बताएका छन्।
युवाहरूको यस प्रकारको सामाजिक तथा धार्मिक सेवाले समाजमा आपसी सद्भाव, सहयोग र मानवताको भावना थप बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
