काठमाडौं । जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेको अवस्थामा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको सुन्दरीजलबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर गाउँपालिका-१ घर भई हाल गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बस्दै आएका ३० वर्षीय राजसुन्दर तामाङ रहेका छन् ।
जिला प्रहरी परिसर काठमाडौंका अनुसार ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका तामाङ गत २०८२ भदौ २४ गते देशमा भएको ‘जेन-जी आन्दोलन’को मौका छोपेर कारागारबाट भाग्न सफल भएका थिए ।
लामो समयको खोजतलासपछि प्रहरीले उनलाई हिजो सुन्दरीजल क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परे लगत्तै उनलाई बाँकी कैद सजाय भुक्तान गराउनका लागि पुनः नख्खु कारागारमै पठाइएको प्रहरीले जनाएको छ ।
