काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको भाउ उकालो लागेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २५ रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार ८६३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ३ हजार ८४१ रुपैयाँ थियो ।
