काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ । मूल्य वृद्धि भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
यसअघि शुक्रबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा झरेको थियो । आज चाँदीको भाउ प्रतितोला ४ हजार २ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । केही समयअघि चाँदीको मूल्यमा हालसम्मकै उच्च गिरावट आएको भए पनि पछिल्लो समय पुनः मूल्य बढ्ने क्रम देखिएको छ ।
