वीरगञ्ज । बारा जिल्लाको कलैया उपमहानगरपालिका–११ घोघरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मंगलबार साँझ करिब ६:३० बजे स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवान नुहाउने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो ।
अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा साँझ ७:१० बजे बालिकालाई मृत घोषणा गरेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
साथै घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा क्इऋइ सहितको मुचुल्का टोली पनि परिचालन गरिएको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल, कलैयामै राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
