काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
