काठमाडौं । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, पछिल्ला दिनमा लगातार मूल्य बढेको चाँदी बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलामा ३५ रुपैयाँ बढेको हो । अघिल्लो दिन ५ हजार ७१० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।



