काठमाडौं । आज काठमाडौंको बालाजु बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बी जाने गरेका छन् । बाइसधारामा स्नान गर्नाले मुक्तिनाथ र गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।
नेपाल संवत् ८७५ मा तत्कालिन कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएको र पछि १८५५ सालमा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको इतिहासमा उल्लेख छ ।



