काठमाडौं । हिजो बढेको सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलामा १६५ रुपैयाँले घटेको छ । चाँदी घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ रहेको थियो ।



