वीरगन्ज । विश्व हिन्दु परिषद् नेपाल वीरगन्ज महानगर समितिको आयोजनामा वीरगन्ज महानगरपालिका वडा नं. १० स्थित अशोक वाटिकामा रहेको बौधिमाई मन्दिर प्राङ्गणमा आँपको रुखमा हनुमान जी को आकृति दोखिए पछी स्थानिय पुजापाठ गर्दै हिन्दू धर्म संग सम्बन्धित संगठन हरु ले पनि विशेष धार्मिक कार्यक्रम गरिएको छ ।
परिषद्का वीरगन्ज महानगर सत्सङ्ग प्रमुख श्री चन्दन वर्णवालको नेतृत्वमा आयोजित कार्यक्रममा बौधिमाई मन्दिर परिसरमा रहेको आँपको रुखमा साक्षात् हनुमानजी प्रकट भएको विश्वास व्यक्त गरिएको छ। हनुमानजीको आकृति देखिएको खबर फैलिनासाथ स्थानीय बासिन्दा तथा वीरगन्जका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु युवाहरू उक्त स्थलमा उपस्थित भैरहेका छन ।

आज उपस्थित भक्तजनहरूले भगवान् श्रीरामको स्तुति गर्दै सामूहिक रूपमा हनुमान चालीसाको पाठ गरेका छन। धार्मिक वातावरण भक्तिभावले भरिएको सो स्थल भने “जय श्रीराम” र “जय जय हनुमान जी” का जयघोषले सम्पूर्ण क्षेत्र गुन्जायमान बनेको छन।
कार्यक्रमका क्रममा बोल्दै सत्सङ्ग प्रमुख चन्दन वर्णवालले यस स्थल लाई सनातन हिन्दू आस्थाका लागि अत्यन्त शुभ संकेत भएको बताए। उनले हनुमानजीको प्रकट हुनु समाजमा सकारात्मक ऊर्जा, सद्भाव र धर्मप्रतिको आस्था मजबुत बनाउने विश्वास व्यक्त गरे ।

साथै, धार्मिक स्थलको संरक्षण र शान्ति–सौहार्द कायम राख्न सबैलाई आग्रह गरे । स्थानीय श्रद्धालुहरूले यस क्ष्ण लाई वीरगन्जवासीका लागि सौभाग्यको विषय भएको प्रतिक्रिया दिएका छन् ।
उनीहरूले उक्त स्थानलाई धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने मागसमेत राखेका छन् । हाल उक्त स्थलमा दर्शन गर्ने भक्तजनको संख्या बढ्दै गएको छ भने सुरक्षा र व्यवस्थापनका लागि स्थानीय तहको समेत चासो देखिएको छ ।
