रौतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादापुर एकीकृत दलित बस्तीमा गए राति आगलागी भएको छ। आगलागीबाट ब्रम्हदेव महरा चमार, जगदेव महरा चमार, रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ ।
घर गोठभित्र रहेका ग्यास सिलिन्डर, खद्यान्न सामाग्री, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै ४ वटा बाख्रा मरेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले जानकारी दिए ।
आगलागीबाट पाँच लाख बढीको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।



