रौतहट, १७ कात्तिक । आम जनता पार्टी (आजपा)ले रौतहट का बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत तथा मुअब्जा उपलब्ध गराउन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारसंग माग गरेको छन ।
आजपा रौतहट क्षेत्र नंं. १ क्षेत्रिय कमिटीले आज (सोमबार) रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय र किसानलाई राहत तथा मुअब्जा उपलब्ध गराउन माग गरेको छ ।
रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारी समक्ष आजपाले ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय तथा किसानलाई राहत एवं मुअब्जा उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
आजपा निकट आम उधोग बाणिज्य संघका केन्द्रीय अध्यक्ष एवं युवा नेता साजन जयसवालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले आफूहरुको माग यथासिघ्र सम्बोधन गर्न माग गर्दै किसान एवं सर्वसधारणलाई न्याय दिने कार्यमा ढिलाई भए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
‘हालैको बाढी र अबिरल वर्षाका कारण जिल्लाका विभिन्न गाउँहरू डुबानमा परेका छन् । धेरै किसानहरूको खेतबारी, बाली, घर र पशु सम्पत्ति नष्ट भएको छ । बाढीपीडितहरू अस्थायी टहरामा बस्न बाध्य भएका छन् र खाद्यान्न, लत्ताकपडा र औषधिको अभावमा कष्टकर जीवन व्यतित गर्दैछन् । यस्तो अवस्थामा सरकारले न्याय दिनुपर्ने हाम्रो माग हो,’ आजपा सचिवालय सदस्य समेत रहेका जयसवालले जनाएका छन् ।
