काठमाडौं । सेयर बजार आज र भोलि कारोबार नहुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना निकालेर दुई दिन सेयर बजारको कारोबार नहुने जानकारी गराएको हो । विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बजार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ ।
सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज बुधवार र भोलि बिहीवार सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै शुक्रवार र शनिवार नेप्सेको कारोबार नियमित रूपमै बन्द रहने भएका कारण अब आइतवार मात्रै बजार खुल्नेछ । हिजो पनि सेयर बजारमा कारोबार भएको थिएन ।



