काठमाडौं । जेनजी आन्दोलनका कारण बजार ठप्प रहेपनि नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि समेत सुनचाँदीको मूल्यसूची सार्वजनिक गरेको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबार तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । तर, चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने २ हजार ५०५ रुपैयाँ कायम भएको हो ।



